Search This Blog

Saturday, May 23, 2020

नेपालकाे संवैधानिक बिकासक्रम :::::

दुई पटकको निर्वाचनपछि संविधान सभाले अन्ततः ‘नेपालको संविधान २०७२’ निर्माण गरेको छ । संविधान देशको मुल कानून, अन्य कुनै पनि ऐन नियम कानून संविधानसंग बाझिएको हदसम्म अमान्य हुने दस्तावेज हो । देशले नयाँ संविधान पाएसँगै नेपालको संवैधानिक इतिहासमा अहिलेसम्म सातवटा संविधान निर्माण भएका छन् । नेपालको संवैधानिक इतिहास धेरै लामो छैन ।

नेपालको संवैधानिक इतिहास:

१) नेपाल सरकार वैधानिक कानुन, २००४

नेपालमा पहिलो पटक ‘नेपाल सरकार वैधानिक कानुन, २००४’ आयो तर यो संविधान कार्यान्वयनमा भने आउन सकेन । यो पहिलो संविधानलाई राणा शासक पद्म शमशेरले जारी गरेका थिए । ६ भाग, ६८ धारा र १ अनुसूची समावेश भएको उक्त संविधानमा मौलिक हक, मौलिक कर्तव्य, श्री ३ र श्री ५ का उत्तराधिकारीको रोलक्रम, व्यवस्थापिकाको रुपमा तल्लो राष्ट्र सभा, माथिल्लो भारदारी सभाको व्यवस्था, न्यायपालिकाको रुपमा प्रधान न्यायलय, दुईवटा संवैधानिक अंगः प्रधान जाँचुकी र दरखास्त परिषद्को व्यवस्था आदि सम्बन्धी विशेषताहरु रहेका थिए ।

विशेषताहरू :

वि.सं. २००४ माघ १३ गते घोषणा
प्रथम लिखित संविधान
६ भाग ६८ धारा १ अनुसूची
श्री ३ पद्म शम्शेरद्वारा जारी गरिएको
दुई सदनात्मक व्यवस्था (राष्ट्रिय सभा र भारदारी सभा)
सार्वभौमसत्ता श्री ५ मा निहित
लोक सेवा आयोगको पूर्वरुप; दरखास्त परिषद्को व्यवस्था
न्यायपालिकाको व्यवस्था
२) नेपालको अन्तरिम शासन विधान, २००७

श्री ५ त्रिभुवनबाट २००७ साल फागुन ७ गते बक्सेको शाही घोषणबाट बिगत १०४ बर्ष लामो चलेको जहानियाँ राणा शासनको समाप्त भै प्रजातन्त्रको स्थापना भए पछि सम्पूर्ण राज्यसत्ता पुन श्री ५ मा ल्याई जनताको भावना अनुरुप जननिर्वाचित प्रतिनिधको माध्यमबाट देशको शासन संचालन हुने व्यवस्थाको थालनी भएको थियो । प्ररम्भमा संविधान सभा बनी सो सभाले संविधान नबाए सम्मको लागि भनी जारी गरिएको यो ऐन पछि संशोधन गरी संविधान नबने सम्मका लागि भनि परिर्वतन गरिएको पाईन्छ ।

विशेषताहरू :

२००७ फागुन ७ मा प्रजातन्त्र घोषणा, १०४ वर्षे राणा शासन अन्त्य
२००७ चैत्र २९ मा राजा त्रिभुवनबाट घोषित
७ भाग ७४ धारा ४ अनुसूची
सार्वभौमसत्ता राजाम निहित
प्रधान न्यायालयको व्यवस्था
राज्यका निति निर्देशक सिद्दान्तको उल्लेख
लोक सेवा आयोगको व्यवस्था (पब्लिक सर्भिस कमिसन)
महालेखा परीक्षक र निर्वाचन आयोगको व्यवस्था
मौलिक हकहरु समावेश
३) नेपाल अधिराज्यको संविधान, २०१५

नेपाल अधिराज्यको संविधान २०१५ लाई नेपालको पहिलो संविधान भन्न सकिन्छ किन भने यस अगाडी जे जति राज्य संचालन गरियो त्यो कानुनको फरक स्वरुपमा ऐन र बिधेकबाट गरिएको थियो तर संविधान शब्दको प्रयोग गरिएको भने थिएन ।

विशेषताहरू :

२०१५ फागुन १ मा राजा महेन्द्रद्वारा घोषित
१० भाग ७७ धारा ३ अनुसूची
धारा ५५ प्रयोग गरी महेन्द्रबाट दलमाथि प्रतिबन्ध, पञ्चायत थालनी
नेपाल हिन्दुराज्यको रुपमा
देवनागरी लिपिको नेपाली भाषा राष्ट्र भाषा
सार्वभौमसत्ता राजामा निहित
द्विसदनात्मक व्यवस्थापिक (महासभा र प्रतिनिधिसभा)
लोकसेवा आयोग, महालेखा परीक्षकको व्यवस्था संवैधानिक
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको सर्वोच्च स्थानमा श्री ५
४) नेपालको संविधान, २०१९

तत्कालीन प्रधानमन्त्री श्री विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा बहुमत प्राप्त गरी विजयी भएको नेपाली कांग्रेसको सरकारले देशको परिस्थिति अनुरुप शासन व्यवस्था संचालन गर्न नसकेको भनी राजा महेन्द्रले २०१९ पुस १ गते अर्को ‘नेपालको संविधान, २०१९’ जारी गरे । यो संविधान राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाई निर्दलीय पंचायती व्यवस्था लागू गर्नेतर्फ उन्मुख थियो ।

विशेषताहरू :

२०१९ पुस १ मा महेन्द्रद्वारा जारी
२० भाग ९७ धारा ६ अनुसूची
सार्वभौमसत्ता राजामा निहित
निर्दलिय पञ्चायती संविधान
अख्तियार दुरुपयोग निवारण आयोगको व्यवस्था
एक सदनात्मक व्यवस्थापिका
जन्मसिद्द र आंगिकृत नागरिकताको प्रवन्ध

लेखक तथा सङ्कलन: श्री राजेश चेम्जाेङ ।।

No comments:

Post a Comment