नायब सुब्बा लक्षित जानकारी :
1. न्युयोर्कमा रहेको कमिटि प्रोजेक्ट जर्नालिस्ट को दण्डहीनता सूचकांक अनुसार नेपाल छैठौ स्थानमा पर्दछ ।
2.पर्वतारोहणको क्षेत्रमा 7500 मिटर भन्दा माथिको क्षेत्रलाई डेथ जोन भनिन्छ ।
3.ओजनतह समतापमण्डलमा पाइने ओजन ग्यासको तह हो ।
4. विश्वकै सबैभन्दा गहिरो गल्छि म्याग्दि जिल्लाको दाना भन्ने ठाँउमा कालिगण्डकी नदीले बनाएको गल्छी हो ।
5. विश्वकै सबभन्दा ठूलो हिराखानि किम्वरखान हो जुन अफ्रिकामा पर्दछ ।
6. उत्तर अमेरिकाको सबैभन्दा होँचोभाग क्यालिफोर्नियाको डेथ भ्यालीहो ।जुन संसारकै सबैभन्दा बढि गर्मी हुने ठाँउ पनि हो ।
7.विश्वकै लामो पर्वतमाला एन्डिज पर्वतमाला हो जुन दक्षिण अमेरिकामा पर्दछ ।
8. बोलिभियाको लापाज विश्वकै अग्लो स्थानमा रहेको राजधानी हो ।
9. रोस र वेडेल नामका दुइ समुद्र अन्टार्कटिकामा घुसेका समुद्र हुन् ।
10. सबैभन्दा पछि पत्ता लगाईएको महादेश अन्टार्कटिका हो ।
11. रोटिको टोकरी भनेर चिनिने यूरोपेली मुलुक युक्रेन हो ।
12. युरोप र एशियालाइ संयुक्त रुपमा युरेसिया भनिन्छ ।
13. प्रशान्त महासागरको सबैभन्दा गरिरो भाग मारियाना ट्रेन्च हो ।
14. मारियाना ट्रेन्चको गहिराइ 11,776 मिटर छ ।
15. विश्वकै सबैभन्दा ठुलो समुद्र साउथ चाइना सि हो जुन 29,74,600 बर्ग कि मी क्षेत्रफलमा फैलिएको छ ।
16. साढे 23॰ उत्तरी अक्षांशलाइ कर्कट रेखा भनिन्छ ।
17. साढे 23॰ दक्षिणी रेखालाइ मकर रेखा भनिन्छ ।
18. साढे 66॰ उत्तरि अक्षाँशलाइ सुमेरु वृत्त भनिन्छ ।
19. साढे 66॰ दक्षिणी अक्षांशलाइ कुमेरु वृत्त भनिन्छ ॰
20. अक्षाशँमा 60 सेकेन्डको 1 मिनेट हुन्छ भने 60 मिनेटको 1॰ हुन्छ ।
21. 1॰ अक्षांशको फरकमा सरदर 111 किलोमिटर दुरीको फरक पर्दछ ।
22. नेपालको प्रामाणिक समय 86॰15 मिनेट पूर्वि देशान्तरमा पर्ने गौरिशंकर हिमाललाइ आधार मानेर 2042 बैशाख 1 गतेबाट लागू गरिएको हो ।
23. एउटै सतहमा रहेका दुइ स्थान वा वस्तुको दुरीलाई क्षितिज दूरी भनिन्छ ।
24. दुरीको सम्बन्ध अक्षांश संग हुन्छ भने समयको सम्बन्ध देशान्तर संग हुन्छ ।
25. सामान्यतया 7.1 देखि 8.7 रेक्टर स्केलको भुकम्पलाइ बढि विनाशकारी मानिन्छ ।
26. हालसम्मकै ठूलो भुकम्प 1960 मे 22 का दिन चिलीमा गएको थियो जुन 9.5 रेक्टर स्केलको थियो ।
26. वि सं 1890,1990,2045 र 2068 सालमा नेपालमा क्रमश 7.8, 8.4, 6.5 र 6.9 रेक्टर स्केलका भुकम्प गएका थिए ।
27. ज्वारभाटा चन्द्रमाको गुरुत्वाकर्षको कारणले आउँदछ भने सुनामी भुकम्पको कारणले आउँदछ ।
28. पृथ्वीको भित्रिभागमा पग्लेको अवस्थामा रहेको तातो पदार्थ म्याग्मा हो भने ज्वालामुखि बिस्फोटन पछि पृथ्वीको सतहमा आएको म्याग्मा नै लाभा हो ।
29. लाभा निस्कने मार्गलाइ नलि भनिन्छ भने लाभा निस्कने प्वाललाइ क्रेटर भनिन्छ ।
30. ज्वालामुखि सकृय , सुषुप्त र मृत गरी तिन प्रकारका हुन्छन् ।
नायब सुब्बा लक्षित विशेष जानकारी – दोस्रो सेट
1. नेपालमा साना ठूला गरि करिब 6000 वटा नदिहरु छन् ।
2. ठूलो नदिबाट छुटिएर गएको नदीलाइ शाखा नदि भनिन्छ भने मुख्य नदीसंग मिल्ने स साना नदीलाइ सहायक नदि भनिन्छ ।
3. बयलजुरे ताल भनेको नदी बग्दै जाँदा नदीले बाटो परिवर्तन गर्ता विचमा पानी थुनेर बनेको ताल हो ।
4. 6690 किमि लम्बाइ भएको नाइल नदि विश्कै लामो नदि हो भने अमेजन विश्वकै ठूलो नदि हो ।
5. वन्यजन्तु संरक्षण ऐन 2029 ले संरक्षीत वन्यजन्तुको सुचिमा 26 प्रजातीका स्तनधारी, 9 प्रजातीका पंक्षी र 3 प्रजातिका सरिसृपलाइ राखेको छ ।
6. बर्दिया रा . नि . कृष्णसारका लागि प्रख्यात छ भने शुक्लाफाँटा रा . नि . बाह्रसिंगेका लागि प्रख्यात छ ।
7. कोशी टप्पु वन्यजन्तु आरक्ष अर्नाकालागि प्रख्यात छ भने शे – फोक्सुण्डो रा नि तिब्बती खरायोकालागि प्रख्यात छ ।
8. चितवन रा नि एकसिंगे गैडा र घडियालका लागि प्रख्यात छ ।
9. क्षेत्रफलका हिसाबले सबैभन्दा बढि 35 % वन क्षेत्र सुदुरपश्चिमाञ्चल विकास क्षेत्र मा रहेको छ ।
10. क्षेत्रफलका हिसाबले सबैभन्दा कम 25 % वन क्षेत्र पश्चिमाञ्चल विकास क्षेत्र मा रहेको छ ।
11. कुरीलो , सर्पगन्धा , अश्वगन्धा , सतुवा , बोझो , कालो मुस्ली , बकाइनो , किम्बु आदि बनस्पतिको जरा उपयोगी हुन्छ ।
12. भृगराज ,दत्तिवन , पुदिना , गन्धेझार ,पुर्ननवा , दुवो , असुरो ,कण्ठकारी , आकाशवेली, भ्याकुर अदि वनस्पतिको पुरै भाग उपयोगी हुन्छ ।
13. नेपालमा हाल भु-उपयोगी नीति 2069 लागू छ ।
14. नेपालको माटोलाइ मोटामेटि पाँगो , बलौटे पत्थरिलो , रातो फुस्रो ,तलैया र हिमाली माटो गरि 5 भागमा बाँडिएको छ ।
15. नेपालमा हालसम्म सुन उत्खनन् का लागि 41 वटा कम्पनीले अनुमती पाएका छन् ।
16. माछापुच्छ्रे हिमालमा वि सं 2020 फागुन 5 गते आरोहण प्रतिबन्ध लगाइएको थियो ।
17. विश्वकै सबैभन्दा लामो पदयात्रा ‘ग्रेट हिमालयन ट्रेल हो ।
18. ग्रेट हिमालयन ट्रेलको लम्बाइ 4500 कि मि रहेको छ ।
19. सन् 2012 मे 29 मा सोलुखुम्बुमा सम्पन्न 10 औँ तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको पुरुष तर्फको उपाधि फुर्वा तामाङ र महिला तर्फको उपाधि आङफुटी शेर्पाले जितेकी थिइन ।
20. छ वटा चुचुरा भएको हिमाल धौलागिरि हो ।
21. तिब्बति भाषामा सगरमाथालाइ झोमोलोङ्गमा भधिन्छ ।
22. बाबुराम आचार्यले माउन्ट एभरेष्टलाइ सगरमाथा नामाकरण गर्नु अगाडि यसलाइ पन्ध्रौँ चुली भनिन्थ्यो ।
23. नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा हो ।
24. नेपालमा सन् 1949 देखि पर्वतारोहणका लागी खुला गरिएको हो । पहिलो आरोहण प्रयास गरिएको हिमाल अन्नपूर्ण हो ।
25. सगरमाथा अरोहण गर्ने पहिलो ब्रिटिश ईन्डिया माउन्ट एभरेष्ट एक्स्पिडिशन टिम , दोस्रो स्वीस टिम र तेस्रो चिनिया टिम थियो ।
26. सगरमाथा आरोहणगर्ने पहिलो पत्रकार नर्बेका स्टाइन एसिन हुन् भने नेपाली पत्रकार आङछिरिङ शेर्पा हुन उनी कान्तिपुर दैनिकमा आबद्ध दिए ।
27. ओलम्पिक ज्योतिलाइ वि सं 2065 वैशाख 26 मा सगरमाथाको शिखरमा पुर्याइएको थियो ।
28. सगरमाथा 27॰59′ उत्तरि अक्षांश र 86॰55′ पूर्वी देशान्तरमा पर्दछ ।
29. नेपालमा सबैभन्दा बढि पर्वतारोहण मे महिनामा गरिन्छ ।
30. विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट के टु आरोहण गर्ने प्रथम नेपाली सेरावजाङ्बु शेर्पा हुन्
नायब सुब्बा लक्षित विशेष जानकारी -तेस्रो सेट
1. फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने खोला खत्याड हो।
2. रेडियो नेपालको स्थापना 2007 साल चैत्र 20 गते भएको हो।
3. गंगा जमुना झरना नेपालको धादिङ् जिल्लामा पर्छ।
4. राउटे जातिले बिना गीत बाजा मात्र बजाई सामुहिक रुपमा नाच्ने नृत्यलाई वैशाली नृत्य भनिन्छ।
5. गौतम बुद्द अन्तराष्ट्रिय शान्ति पुरस्कारको राशी 50 हजार अमेरिकी डलर छ।
6. भुमध्ये रेखाले नछुने महादेश युरोप हो।
7. पाँचथरको च्याङथापु देखि बैतडिको झुलाघाट सम्मको मध्यपहाडी मार्गलाई पुष्पलाल लोकमार्ग भनिन्छ।
8. नेपाल खेलकुद परिषद्को स्थापना बि.सं. 2017 सालमा भएको हो।
9. नेपालले विश्व व्यापार संगठनको सदस्यता 23 अप्रिल 2004 मा प्राप्त गर्यो।
10. अन्तराष्ट्रिय जैविक विविधता दिवश डिसेम्बर 29 मा मनाईन्छ।
11. नेपालमा हाल दिइने सबैभन्दा ठुलो राष्ट्रिय सम्मान ” नेपाल रत्न ” हो।
12. कालापत्थरमा मन्त्रीपरिषद्को बैठक 2066 मसिँर 19 गते बसेको थियो।
13. मानव शरीरको सबैभन्दा सानो हाड कानमा हुन्छ।
14. विश्वमा सबैभन्दा बढि HIV सक्रमित भएको देश भारत हो।
15. शिक्षाको सिकाई हुन्छ भने उपचारको निको हुन्छ।
16. काष्ठमाण्डपको निर्माण लक्ष्मि नरसिहं मल्लले गरेका हुन्।
17. पित्ताशय नहुने जीव उँट हो।
18. ” घरमा छैन पिठोको प्वाङ्, बाहिर गर्छ अठार स्वाङ् ” भनेको सुकुलगुन्डो हो।
19. सगरमाथा हिमालको उचाई 29028 फिट छ।
20. नेपालमा मात्र पाईने फुल स्टेलेरिया डिकम्बेन्स हो।
21. बुद्धको शाब्दिक अर्थ ब्युंझेको मान्छे हो।
22. लुम्बिनी भ्रमण वर्ष 2012, 2012 जनवरी 14 मा राष्ट्रपति रामवरण यादवले बिधिवत सुरुवात गरेका हुन्।
23. आकाशबाट खिचेको फोटोलाई एरियल फोटो भनिन्छ।
24. ठुलो बोट बिरुवालाई छाँटकाँट गरेर सानो बनाउने प्रविधिलाई बोन्साई भनिन्छ।
25. मान्छेको टाउकोमा 29 ओटा हाड हुन्छन्।
26. ब्रिटिस उपनिवेशबाट मुत्त हुने पहिलो देश घाना हो।
27. बिश्वको जनसंख्या 7 अर्ब पुगेको दिन 2011 अक्टोबर 31 का दिन हो।
28. 2068 साउन 22 गतेबाट सार्बजानिक स्थलमा धुम्रपान निषेध गरियो।
29. बृहत्तर नेपालको क्षेत्रफल 2,04,917 वर्ग कि.मी. थियो।
30. पृथ्वी प्रतिमिनेट 79 KM को गतिमा घुम्छ।
नायब सुब्बा लक्षित विशेष जानकारी – चौथो सेट
1. औद्योगिक क्रान्तिको सुरुवात बेलायतको कपडा उत्पादन क्षेत्रबाट भएको थियो ।
2. जेम्सवाट ले वाफ बाट चल्ने मेसिन ,हम्फे डेभी ले सेफ्टि ल्याम्प ,मेकडम ले पक्की सडक बनाउने तरिका पत्ता लगाएका थिए ।
3. म नै राज्य हुँ राज्य नै म भन्ने फ्रान्षेली राजा लुइ चौधौ हुन् ।
4. फ्रान्सको राज्यक्रान्ति सन्1789 मा भएको थियो ।
5. नेपोलियन बोनापार्टले कानुनहरुको संकलन र परिमार्जन गरी मुलुकभर लागू गर्न बनाएको कानुनलाई नेपोलियन कोड भनिन्छ ।
6. अमेरिकी स्वतन्त्रता संग्राम सन 1775 मा सुरु भएर सन 1783 मा सकिएको थियो ।
7. भर्साइलको सन्धि पछि बेलायति उपनिवेशबाट अमेरिका मुक्त भए संगै अमेरिकी स्वतन्त्रता संग्राम सकिएको थियो ।
8. अमेरिका स्वतन्त्र हुदा त्यहाँ जम्मा 13 वटा राज्य थिए तर अहिले 50 वटा राज्य छन् ।
9. अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिँटनले अमेरिकी संग्रामको नेतृत्वगरेका थिए ।
10. अक्टोबर क्रान्ति भनेर चिनिने रुसको राज्यक्रान्ती सन्1917 मा भएको थियो ।
11. रुसको राजालाइ जार,रानी लाइ जरिना र संविधानसभा लाई डुमा भनिन्थ्यो ।
12. जुलाइ 28 ,1914 मा अष्ट्रियाले सर्बियामाथि आकर्मण गरि प्रथम विश्वयुद्ध को थालनी गरेको थियो
13. प्रथम विश्वयुद्धको समयमा जर्मनी अष्ट्रिय र हंगेरी सम्मिलित गुट लाई त्रिगुट भनिन्थ्यो ।
14. प्रथम विश्वयुद्धको समयमा फ्रान्स ,रुस र बेलायत सम्मिलित गुट लाई त्रिराष्ट्रियगुट भनिन्थ्यो ।
15. प्रथम विश्वयुद्धपछि राष्ट्रसंघ को स्थापना 1920 जनवरी 10 मा भएको थियो ।
16. प्रथम विश्वयुद्धमा 36 वटा राष्ट्र सम्मिलित थिए भने नेपालले बेलायतलाइ सहयोग गरेको थियो ।
17. सन्1939 सेप्टेम्बर 1मा पोल्याण्डमाथी जर्मनीले आकर्मण गरेपछी दित्तिय विश्वयुद्ध सुरु भएको थियो ।
18. सन्1945 अगस्ट 9 का दिन जापानको नागासाकीमा अणुबम खसालेपछी सन 1945 अगस्ट 14 का दिन जापानले आत्मसमर्पण गरेपछि दित्तिय विश्वयुद्ध अन्त्य भएको थियो ।
19. दित्तिय विश्वयुद्धमा फ्रान्स ,बेलायत ,अमेरिका ,रुस , रुमानिया ,आदि सम्मिलित गुटलाई एल्लाइज पावर भनिन्थ्यो ।
20. दित्तिय विश्वयुद्धमा जर्मनी ,इटाली जापान सम्मिलित गुटलाइ धुरी राष्ट्र भनिन्थ्यो ।
21. अमेरिकाले लिटिल ब्वाय नामक अणुबम 1945 अगस्त 6 मा नागासाकीमा खसालेको थियो ।
22. अमेरिकाले फ्याट म्यान नामक अणुबम 1945 अगस्त 9 मा हिरोसिमामा खसालेको थियो ।
23. भारत 1947 अगस्त 15 मा बेलायति उपनिवेशबाट मुक्तभएको थियो ।
24. चर्खा आन्दोलनका सञ्चालक महात्मा गान्धिको हत्या नाथुराम गोड्से गरेका थिए ।
25. भारतबाट 14 अगस्त 1947 मा पकिस्तान छुट्टिएको थियो ।
26. अक्टोबर 27,1947 मा कश्मिर भारतमा विलय भएको घोषणा गरिएको थियो ।
27. जनवरी 26,1950 भा भारत गणतन्त्रात्मक राष्ट्र घोषणा भइ पहिलो गणतन्त्रात्मक संविधान घोषित भएको थियो ।
28. भारतका पहिलो राष्ट्रपति डा . राजेन्त्रप्रसाद हुन् ।
29. सन् 1942 मा महात्मा गान्धीको नेतृत्वमा भारत छोड आन्दोलन भएको थियो ।
30. महात्मा गान्धिलाई भारतका राष्ट्रपिता मानिन्छ ।
नायब सुब्बा लक्षित विशेष जानकारी – पाँचौँ सेट
1. कुन ग्रह पानीमाथी तैरिन सक्छ? = शनी
2. निजामति सेवा ऐन 2049 अन्तर्गत मधेसीलाई कति प्रतिशत आरक्षण सुरक्षीत छ ? = 22%
3. सतार जातिको कुल देवतालाई के भनिन्छ ? = ठाकुर
4. ‘ चिन्हो जान्हो ‘ कुन भाषामा प्रकाशितहुने पत्रिका हो ? = खाम्ची(राउटेले बोल्ने भाषा मा प्रकाशन हुन्छ )
5. वातावरण क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार कुन हो? = Blue Planet Award
6. ५० वर्षदेखि ७५ वर्षको उमेरलाई वर्णाश्रम व्यवस्थानुसार के भनी परिभाषित गरिएको छ ? = वानप्रस्थाश्रम
7. क्षारीय घोलमा फेनोलफथालिनको रङ कस्तो हुन्छ? = पिँक
8. पुवाखोला जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ? = इलाम
9. कलेजोबाट अशुद्ध रगत इन्फेरियर भेनाकाभा भएर मुटुको दायाँ अरिकलसम्म पुग्ने रक्तसञ्चार तलका मध्ये कुन हो? = Systemic Circulation
राष्ट्रसंघीय मानव विकास सूचकाङ्क (HDI) सम्बन्धि जानकारी
{10. एक पूर्णाङ्क रहेको यो अध्ययनमा पहिलो हुने देश नर्वे हो । नर्वेको 0.943 अंक छ ।
11. नेपाल 0.458 अंक सहित 157 औँ स्थानमा छ ।
12. यसको मानक तथा निर्धारक तत्वको रुपमा दीर्घजीवन , शिक्षा , जीवन स्तर समावेश गरिएको हुन्छ ।
13. सबैभन्दा न्युन मानव विकास सूचकाङ्क भएको देश प्रजातान्त्रिक गणत्न्त्र कंगो हो जसको 0.286 अंक छ ।
14. सार्क राष्ट्र मध्य श्रिलंकाको सबैभन्दा धेरै अंक छ । जुन 0.691 अंक सहित 97 औँ स्थानमा छ ।}
15. महानगरपालिका हुनका लागि बार्षिका 40 करोड आम्दानी हुनुपर्छ।
16. ICC T20 विश्वकप 2012 वेष्ट इन्डिजले जित्यो।
17. नेपालको राष्ट्रिय जनगणना अनुसार सबैभन्दा कम जनसंख्या भएको जाति कुसुण्डा हो।
18. सार्क सचिवालयको खर्च दोस्रो धेरै हिस्सा बिहोर्ने देश पाकिस्तान हो।
19. सुर्यको प्रकाश पृथ्वीमा आइपुग्न 499.012 सेकेण्ड लाग्छ।
20. लण्डन स्थित ग्रिनवीचको समय नाप्ने घडिलाई क्रोनोमिटर भनिन्छ।
21. Sinology भन्नाले चीन देश सम्बन्धी अध्ययनलाई जनाउँछ।
22. नेपाल आउने प्रथम अंगेज कर्क प्याट्रिक हुन्।
23. धरहरा भित्र 213 खुट्किला छन्।
24. नेपालमा 3 संवत् अकिँत मुद्रा वि.सं. 2043/08/12 मा निष्काशित भएको थियो।
25. म्याग्नाकार्टामा हस्ताक्षर सन् 1215 जुन 15 मा भएको थियो।
26. लिच्छवीकालमा अमात्य भन्नाले मन्त्रीलाई बुझाउँथ्यो।
27. रु. 2 को नोट निष्काशन सर्वप्रथम बि.सं. 2038 बैशाक 14 गते भएको हो।
28. EU को स्थापना सन् 1957 मार्च 25 मा भएको हो।
29. नेपालको हालको प्रमाणिक समय बि.सं. 2042 वैशाक 1 गतेबाट लागु भएको हो।
30. सिजिमे ताल ताप्लेजुङमा पर्दछ।
नायब सुब्बा लक्षित विशेष जानकारी – छैठौँ सेट
१. नेपालका प्रथम प्रमाणिक राजा मानदेव हुन , उनले मानांक नामक सिक्का प्रचलन्मा ल्यएका थिए ।
२. नेपालमा ८ जना गोपाल वंसी राजाहरुले ५२१ बर्ष शासन गरेका थिए ।
३. प्रथम गोपाल वंसी राजा भुक्तमान हुन भने अन्तिम गोपाल वंसी राजा यक्ष गुप्त हुन ।
४. लिछविकालमा प्रधानन्यायाधिसलाई महासर्वदण्डनायक, न्यायाधिसलाई सर्वदण्डनायक ,मन्त्रिलाई अमात्य ,सेनापतिलाई बलाध्यक्ष ,सिपाहिलाई भट भनिन्थ्यो ।
५. लिछविकालमा त्रिकर भन्नाले भाग ,भोग र कर करलाई बुझाउथ्यो .
६. लिछविकालमा पसुपालनमा लाग्ने कर लाई भोगकर ,वाणिज्यमा लाग्नेलाई कर , सुँगुँरमा लाग्नेलाई सुकर ,पसलमा लाग्नेकरलाई आपणकर भनिन्थ्यो ।
७. लिछविकालमा मनोरन्जनमा लाग्नेलाई मल्लयुद्द कर ,तेलमा लाग्ने करलाई तैलकर ,कृषिमा लाग्ने करलाई भागकर ,कपडामा लाग्ने करलाई चैलकर र फर्निचरमा लाग्ने करलाई सिंकर भनिन्थ्यो ।
८. मल्लकाललाई कला संस्कृतिको बिकासको दृष्टििले स्वर्णयुग मानिन्छ।
९. पितालाई कैद गरी राजाहुने ब्यक्ती प्रताप मल्ल हुन ।
१०. यक्ष मल्लले ‘नेपाल मण्डलेश्वर’ उपाधी धराण गरेका थिए ।
११. गोरखामा शाहवंशको स्थापना हुनुपुर्व खड्काहरु ले राज्य गर्दथे ।
१२. ‘निर्वाणानन्द स्वामी ‘ उपाधी लिने राजा रणबहादुर शाह हुन ।
१३. नेपाल अंग्रेज युद्दका चार क्षेत्रहरु पर्सा मकवानपुर ,जितगढ(बुट्वल),नालापानी र मालाउ देउथल थिए ।
१४. सन १ नोवेम्बर १८१४ मा जनरल हेस्टिङ्सले नेपाल बिरुद्ध युद्धको घोषणा गरेका थिए।
१५. नेपाल अंग्रेज युद्धको सुरुवात बुटवल ,स्युराज ,हालको रौतहट जिल्लामा पर्ने २२ वटा गाउको बिषयमा भएको थियो ।
१६. सुगौली संधिले नेपालको तराइ क्षेत्रको २ तिहाइ भाग गुमेको थियो ।
१७. नेपालको तर्फबाट २८ निवेम्बेर १८१५ मा राजगुरु गजराज मिस्रले हस्ताक्षर गरेका थिय।
१८. अंग्रेजको तर्फबाट २ डिसेम्बर १८१५ मा जनरल ब्राड शाँ ले हस्ताक्षर गरेका थिए ।
१९. गगन सिंहको हत्याको कारणले १९०३ आस्विन २ गते राती कोत पर्व घतेको थियो।
२०. कोतर्वमा सबैभन्दा पहिले मारिने ब्यक्ती अभिमानसिंह बस्नेत हुन।
२१. अलौ पर्व १९०४ मा बिरगन्जको अलौ भन्ने ठाउमा भएको थियो।
२२. भारतको सिपाही बिद्रोहमा सहयोग गरेवापत १ नोवेम्बर १८६० मा ४४ बर्षपछी बाँके बर्दिया ,कैलाली र कंचनपुर जिल्ला नेपाल ले फिर्ता पाएको थियो।
२३. शान्ती श्री भन्नले प्रचन्डदेव लाई जनाउदछ।
२४. बालकको सालनाल कट्ने चलन अंसुबर्माले चलाएका हुन ।
२५. दिल्लिका मुगल सम्राटबाट ‘शाह’ उपाधी धारण गर्ने अनुमती पाएका ब्यक्ती कुल्मण्डल खान हुन।
२६. नेपालको ईतिहासमा २०३६ साल जेठ १० जनमत संग्रहको घोषणा भएको थियो ।
२७. पण र पुराण नामक मुद्रा प्रचलनमा ल्याउने राजा नरेन्द्रदेव हुन।
२८. नेपाल र भारत बिचको कोशी सम्झौता २०११ वैशाख १२ गते भएको थियो।
२९. नेपाल र भारत बिचको गण्डक सम्झौता २०१६ मंसिर १९ मा भएको थियो ।
३०. आफ्नो नामको अगाडि कविन्द्र लेख्ने राजा प्रताप मल्ल हुन ।
नायब सुब्बा लक्षित विशेष जानकारी – सातौँ सेट
1. बिरालोले थाहा नपाउने स्वाद गुलियो हो।
2. सानीआमा र भाउजु बिहोर्ने प्रथाको अन्त्य भीमसेन थापाले गरेका हुन्।
3. नेपालमा बोलिने दोस्रो ठुलो भाषा मैथिली हो।
4. सतिप्रथाको अन्त्य चन्द्रशमशेरबाट वि.सं. 1977 मा भयो।
5. सर्वसाधारण तर्फ सर्वप्रथम MRP पासपोर्ट अनुराधा कोइरालालाई प्रदान गरियो।
6. धनकुटे महाराज भनेर देब शमशेरलाई चिनिन्छ।
7.हाल नेपालमा 6 वटा सबैँधानिक निकायहरु छन्।
8. UNO को अन्तराष्ट्रिय न्यायालयमा 15 न्यायाधिस रहने ब्यवस्था छ।
9. सम्बन्ध बिच्छेद भएको 272 दिन भित्र जन्मेको शिशु उहि दम्पत्तिको मानिन्छ।
10. किसान जातिको मुख्य बशोबास झापा र मोरङ् जिल्लामा रहेको छ।
11. बिश्वको सबैभन्दा पुरानो राजतन्त्रतात्मक मुलुक मोनाको हो।
12. “खोल्साको सुन” भनेर अलैँचीलाई चिनिन्छ।
13. सुर्यबाट नजिक रहेको तारा “प्रोक्जिमा सेन्चुरी” हो।
14. राष्ट्रगान नभएको देश स्वीजरलैण्ड हो।
15. सुकरातले पिएको बिष ” हेमलक ” हो।
16. सन् 2012 को साहित्यतर्फको नोबेल पुरस्कार चिँनिया कथाकार ” मो यान ” लाई प्रदान गरियो ।
17. Lets Visit Nepal पुस्तककी लेखिका आङ् साङ् सुकी हुन् भने ” In the Life of Fire ” पुस्तकका लेखक परबेज मुसरर्व हुन्।
18. ” बाचन प्रविण ” भनेर दिन बन्धु पोखरेललाई चिनिन्छ।
19. महिला अधिकार सम्बन्धी काम गरे बापत सपना प्रधान मल्ललाई अन्तराष्ट्रिय ग्रुबर पुरस्कार प्रदान गरिएको थियो। उनी उत्त पुरस्कार पाउने पहि दक्षिण एसियाली महिला हुन् ।
20. “आवाज” नेपालमा प्रकाशित भएको पहिलो दैनिक पत्रिका हो। बि.सं. 2007 फाल्गुन 8 गतेबाट प्रकाशित।
21. विश्वकै अग्लो स्थानमा रहेको ताप्लेजुङको लोबुचेको पिरामिड बैज्ञानिक प्रयोगशालाको उचाई 5050 मिटर छ ।
22. “धीरगन” को निर्माण नेपालका प्रथम बैज्ञानिक गेहेन्द्र शमशेरले गरेका हुन्।
23. अग्रेँजले भारतमा 190 बर्ष शासन गरे।
24. सुगौली सन्धिमा 9 धारा छन्।
25. सर्वोच्च अदालतको स्थापना बि. सं. 2013 साल जेठ 8 गते भएको हो।
26. सगिँत सामबेदबाट आएको हो।
27. सर्वाङ्गिण राष्ट्रिय शिक्षाको सुरुवात बि.सं. 2018 सालबाट भएको हो।
28. फेबाताल मिल्दैन किनकी यो बिश्व रामसार क्षेत्रमा सुचिकृत छैन।
29. BIMSTEC को पुरा रुप Bay of Bengal Initiative for Multi Sectorial Technical and Economic Cooperation हो।
30. HIV AIDS सर्वप्रथम अमेरिकामा देखा परेको थियो । कहि कहि अफ्रिका भनिएता पनि अमेरिका सहि उत्तर हो ।
नायब सुब्बा लक्षित विशेष जानकारी – आठौँ सेट
1. नेपालको पहिलो साहित्यिक पत्रिका सुधासागर हो।
2. नेपालबाट हालसम्म म्यागासेसे पुरस्कार पाउने 4 जना क्रमशः महेशचन्द्र रेग्मी, भारदत्त कोईराला, डा. सन्दुक रुईत र महाबीर पुन हुन्।
3. भारतिय राष्ट्रिय फुटबल टिमका पुर्व कप्तानहरु श्याम थापा र भाईचुङ् भुटिया साथै हालका कप्तान सुसिल क्षेत्री सबै नेपाली भाषी भारतिय हुन् ।
4. सर्बप्रथम साहित्यमा पिएचडि गर्ने महिला डा. बानिरा गिरी हुन्।
5. नेपालको पहिलो धार्मिक शहिद स्व. पं नारायण प्रसाद पोखरेल हुन्।
6. “THE POLITICAL RELATION BETWEEN NEPAL AND INDIA” नामक पुस्तकका लेखक भारतीय नागरिक शिवशकंर मेनन हुन् ।
7. नेपाली भाषाले नेपाल बाहेक भारत र भुटानमा पनि राष्ट्र भाषाको मान्यता पाएको छ ।
8. नेपाल UNO मा शान्ति सेना पठाउने 7 औँ ठुलो राष्ट्र हो ।
9. राजामामा कुसुण्डा, कुसुण्डा भाषा बोल्ने एक मात्र ब्यत्ति हुन्।
10. महेन्द्र राजमार्गले नछुने एकमात्र तराईको जिल्ला पर्सा हो भने छुने एकमात्र पहाडको जिल्ला अर्घाखाँची हो।
11. शेर्पा जातिको धर्मग्रन्थलाई फोग्यु भनिन्छ।
12. बिश्वको सर्वोच्च स्थानमा रहेको झरना डोल्पा जिल्लामा रहेको शुलिगाड झरना हो यो 3613 मिटरको उचाईमा रहेको छ भने 167 मिटर लामो छ।
13. बिश्वको सर्वाधिक उचाइमा रहेको बस्ती डोल्पा जिल्लाको छार्का भोट र तराप गाउँ हो।
14. नेपालमा 32 प्रकारका गुराँसहरु पाईन्छन् । सेतो गुराँसलाई चिमाली भनिन्छ।
15. अधिक वर्ष पत्ता लगाउने व्यत्ति जुलियस सिजर हुन्।
16. सुर्यको किरणबाट उपचार गरिने बिधिलाई हेलियो थेरापी भनिन्छ।
17. कर्माधर्मा नृत्य झाँगड जतिको प्रसिद्द नृत्य हो।
18. Stolen Images of Nepal नामक पुस्तकका लेखक लैनसिँह वाङ्देल हुन् भने Land Ownership in Nepal पुस्तकका लेखक महेशचन्द्र रेग्मी हुन् ।
19. मसिँर महिनामा मात्र बिहे गर्ने अनौठो चलन रामेछापका थामी जातिमा छ।
20. टोकियो शहरको पुरानो नाम राँडो हो।
21. तराई जंगललाई झोडा भनिन्छ भने लेकको जंगललाई पाताल भनिन्छ।
22. लामखुट्टेको 42 ओटा दाँत हुन्छन् ।
23. सगरमाथाको चौडाई 6 x 12 फिट छ ।
24. बिधुवाले हातमा लगाउने धातुको चुरालाई रैया भनिन्छ ।
25. नेपालमा मोवाईल सेवाको सुरुवात वि.सं. 2056 मा भएको हो ।
26. म्याग्नाकार्टामा हस्ताक्षर सन् 1215 जुन 15 मा भएको थियो ।
27. लिच्छवीकालमा अमात्य भन्नाले मन्त्रीलाई बुझाउँथ्यो ।
28. रु. 2 को नोट निष्काशन सर्वप्रथम बि.सं. 2038 बैशाक 14 गते भएको हो ।
29. EU को स्थापना सन् 1957 मार्च 25 मा भएको हो ।
30. नेपालको हालको प्रमाणिक समय बि.सं. 2042 वैशाक 1 गतेबाट लागु भएको हो।
नायब सुब्बा लक्षित विशेष समसामयीक जानकारी -नवौँ सेट
१. नेपालको पहिलो जिन बैंक २०६७ आस्विन २० गते ललितपुर जिल्लाको खुमलटारमा स्थापना भएको छ ।
२. एघारौ सागमा पहिलो स्वोर्ण पदक दिलाउने नेपाली खेलाडी विनिता महर्जन(उसु) हुन ।
३. वि स २०६६ माघ ५ बाट नेपाल कुस्ठरोग मुक्त देश घोषणा भएको हो ।
४. नेपाललाई २०६३ जेठ छ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो।
५. गोरखापत्र २०६४ आस्विन १ गते बाट नेपालका बिभिन्न मात्रिभासामा प्रकाशन हुन थालएको हो ।
६. कवी निबन्धकार एवम उपन्यासकारहरुको अन्तरराष्ट्रिय संस्थालाई पेन भनिन्छ ।
७. हलिया प्रथा नेपालबाट २०६५ भाद्र २१ देखी उन्मुलन भएको थियो ।
८. वि स २०६८ मा भएको गैंडा गणनामा नेपालमा ५३४ वटा गैंडा फेला परेका थिए।
९. नेपाल सम्बतलाई २०६५ मङ्सिर ८ मा नेपाल सरकारले राष्ट्रिय मान्यता प्रदान गरेको थियो ।
१०. नेपालमा वि स २०६३ देखी १० कक्षाको पठ्यक्रमबाट मात्र SLC मा प्रश्न सोध्ने ब्यबस्था भयो ।
११. राष्ट्रपती डा रामवरण यादबले २०६५-४-८ मा पदभार सम्हलेक थिए ।
१२. काठमाडौं उपत्यका खानेपानी लिमिटेड २०६४ फागुन १ गते देखी विधिवत सन्चालनमा आएको थियो ।
१३. जनगणना २०६८ का अनुसार नेपालको नयाँ धर्म बोन मान्ने नेपालीको संख्या १३,००६ रहेको छ ।
१४. नेपालकी पुष्प बस्नेतले CNN Hero 2012 को उपाधी जितेकी हुन ।
१५. काठमन्दौको रत्नपरकमा बनाउने भनिएको गणतन्त्र स्तम्भ २०६७ असार २ गतेको मन्त्रिपरिसद्को निर्णय अनुसार ललितपुरको UN Park मा बनाउने भएको छ।
१६. CIA World Factbook को सन २०१२को अंकका अनुसार एसियामा १२ वटा ,युरोपमा १५ वटा , अफ्रिकामा १६ वटा र दक्षिण अमेरिकामा २ वटा गरी जम्मा ४५ वटा भुपरिवेस्ठीत राष्ट्र छन ।
१७. सन २०१३ लाई संयुक्त राष्ट्र संघले “बिकासशिल साना दिप राष्ट्रको अन्तरराष्ट्रिय बर्ष ” , “जल सहयोग अन्तरराष्ट्रिय बर्ष ” र “क्विनुवाको अन्तरराष्ट्रिय बर्ष ” को रुप मा मनाउने निर्णय गरेको छ ।
१८. हाल GDP को आधारमा विस्वको सबैभन्दा धनी राष्ट्र कतार हो ।
१९. टाईम्स बर्ष ब्यक्तिको रुपमा २०१२ को लागि अमेरिकि राष्ट्रपती बाराक ओबामा चुनिएका चान ।
२०. नेपालमा सडक यातायात पुगेको ७३ औ जिल्ला मुगू हो ।
२१. मुगूमा २०६९ पुष १ गते सडक सन्जाल पुगेको थियो ।
२२. नेपालमा अब सडक सन्जालमा आबद्द हुन बाँकी जिल्ला हुम्ला र डोल्पा रहेका छन ।
२३. कुल ५५७ मिटर लम्बाइ भएको कुश्मा बलेवा यान्त्रिक पुल २०६९ मङ्सिर २९ गते देखी सन्चालनमा आएको छ।
२४. Forbes म्यागेजिनका अनुसार १०१२ को शक्तिशाली ब्यक्ती बाराक ओबामा हुन ।
२५. भ्रस्टचार सुचकांन्क २०१२ म नेपाल ३६ अंक शाहीत १३९ औ स्थानमा छ ।
२६. अहमेद सालीमले सन २०१२ मार्च १३ देखी सार्क महासचिब को रुपमा जिम्मेवेरए सम्हालेका हुन ।
२७. लन्डन ओलम्पिक २०१२ मा नेपालले ५ वटा खेलमा भाग लिएको थियो ।
२८. आगामी ओलम्पिक २०१६ मा ब्राजिलको रियो द जेनेरियो मा हुँदैछ।
२९. नेपाल सरकारले २०६९ आस्विन २५ गते सुदुरपस्चिम क्षेत्र बिकास आयोग गठन गर्ने निर्णय गरेको छ । ‘
३०. असंलग्न राष्ट्रहरुको १६ औ शिखर सम्मेलन २०१२ को अगुस्तमा ईरानको राजधानी तेहरानमा भएको थियो भने १७ औ शिखर सम्मेलन दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा हुँदैछ ।
नायब सुब्बा लक्षित जानकारी – दशौँ सेट (विभिन्न अन्तराष्ट्रिय दिवशहरु)
1. अन्तराष्ट्रिय शान्ति दिवश (सेप्टेम्बरको तेस्रो आईतबार)
2. विश्व पर्यटन दिवश (सेप्टेम्बर 26)
3. अन्तराष्ट्रिय बृद्द दिवश (अक्टुबर 1)
4. विश्व मौसम जलवायु दिवश (मार्च 23)
5. पुस्तक दिवश (अप्रिल 23)
6. कण्डम दिवश (डिसेम्बर 2)
7. विश्व हुलाक दिवश (अक्टुबर 9)
8. विश्व गरिबि निबारण दिवश (अक्टुबर 17)
9. विश्व मितव्ययिता दिवश (अक्टुबर 30)
10. अन्तराष्ट्रिय बाल दिवश (नोबेम्बर 20)
11. विश्व एकता दिवश (3 अगस्त)
12. अन्तराष्ट्रिय अपाङ्ग दिवश (डिसेम्बर 3)
13. विश्व मानव अधिकार दिवश (डिसेम्बर 10)
14. अन्तराष्ट्रिय जैविक विविधता दिवश (डिसेम्बर 29)
15. अन्तराष्ट्रिय भन्सार दिवश (जनवरी 26)
16. विश्व कुष्ठरोग दिवश (जनवरीको अन्तिम आईतबार)
17. नारी दिवश (मार्च
18. बिश्व उपभोत्ता अधिकार दिवश (मार्च 15)
19. बिश्व खानेपानी तथा जलस्रोत दिवश (मार्च 22)
20. बिश्व क्षयरोग दिवश (मार्च 24)
21. बिश्व सम्पदा दिवश (अप्रिल 18)
22. पृथ्वी दिवश (अप्रिल 22)
23. अन्तराष्ट्रिय श्रम दिवश (मे 1)
24. बिश्व रेडक्रस दिवश (मे
25. सगरमाथा आरोहण दिवश (मे 29)
26. बिश्व धुम्रपान नियन्त्रण दिवश (मे 31)
27. बिश्व वातावरण दिवश (जुन 5)
28. अन्तराष्ट्रिय सहकारिता दिवश (जुलाईको पहिलो शनिवार)
29. बिश्व जनसंख्या दिवश (जुलाई 11)
30. भु संरक्षण दिवश (अगस्त
31. विश्व आदिवाशी दिवश (अगस्त 9)
नायब सुब्बा लक्षित विशेष समसामयीक जानकारी – एघारौँ सेट
1. अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस कहिले पर्छ ? Ans = सेप्टेम्बर १५
2. इत्तेहाद एयरवेज कुन देशको राष्ट्रिय वायुसेवाको नाम हो ? Ans = संयुक्त अरब इमिरेट्स
3. अमेरिकाको आतंककारी सूचीमा रहेको ‘हक्कानी नेटवर्क’ कहाँको आतंककारी समूहको नाम हो ? Ans = पाकिस्तान
4. नेपालको आवधिक योजनामा कुन योजना देखि गरिबी निवारणलाई प्राथमिकतामा राखियो ? Ans = आठौं
5. गरिबको परिचय पत्र प्राप्त गर्न वार्षिक कति भन्दा कम आय हुनुपर्छ, जसलाई जीवनस्तर सर्वेक्षणले गरिबीको सीमा निर्धारण गरेको हो ? Ans = १९२६१ रुपैयाँ
6. २०६८ सालको जगदम्बा श्री पुरस्कार प्रदान गरिएको संसोधन मण्डल नयराज पन्तको अगुवाईमा कहिले स्थापना भएको थियो ? Ans = २००९ असोज ५
7. इस्लामको अपमान गरेको भन्दै मुस्लिम देशभरी आन्दोलित गराउने फिल्मको नाम के हो ? Ans = इन्नोसेन्स अफ मुस्लिम
8. स्थापना कालमा ASEAN को शिखर सम्मेलन कति वर्षमा गर्ने प्रावधान थियो ? Ans = १०
9. विश्व शान्ति सुचकांकमा सबैभन्दा शान्त मुलुकको रुपमा आइसल्याण्डलाई देखाइएको छ भने अशान्तमा कुन परेको छ ? Ans = सोमालिया
10. सार्कका वर्तमान ११ औ महासचिव को हुन् ? Ans = अहमद सलिम
11. WTO को प्रधान कार्यालय कहाँ छ ? Ans = जेनेभा
12. सार्क लगायत अन्य अन्तर्राष्ट्रिय संगठनहरु UNO को कुन धारा अर्न्तगत स्थापना भएका हुन् ? Ans = धारा ५२
13. संयुक्त राष्ट्र संघ (UNO) को स्थापना कहिले भयो ? Ans = २४ अक्टोवर १९४५
14. संयुक्त राष्ट्र संघ नामाकरण गर्ने श्रेय कसलाई जान्छ ? Ans = फ्रयांकलिन रुजवेल्ट
15. नेपालमा सार्क सचिवालयको स्थापना कहिले भयो ? Ans = १९८७।१।१६
16. सार्कको प्रतिक चिन्ह बनाउने कलाकार को हुन् ? शैलेन्द्र महर्जन
17. एक दिन मात्र सञ्चालनमा भएको शिखर सम्मेलन कुन हो ? Ans = छैठौं
18. भुटानी महिलाहरुले लगाउने परम्परागत पोशाकलाई के भनिन्छ ? Ans= किरा
19. संयुक्त राष्ट्रसंघको प्रथम महासचिव को हुन र कुन देशका थिए ? Ans = ट्रिग्वेली, नर्वे
20. नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गर्यो ? Ans = १४ डिसेम्वर १९५५
21. सन् १९५५‚ डिसेम्बर १४ मा नेपाल लगायत १६ वटा राष्ट्रले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको कार्यलाई के भनिन्छ ? Ans = ग्रुप अफ सिक्सटिन
22. संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ? Ans = ऋषिकेश शाह
23. आसियानको स्थापना कहिले भएको हो ? Ans = अगष्ट ४, १९६७
24. आसियानको शिखर सम्मेलन कति कति वर्षमा हुन्छ ? Ans = ५।५ वर्षमा
25. सार्कको सत्रौं शिखर सम्मेलनमा नेपालका तर्फबाट भाग लिने प्रधानमन्त्री को हुन् ? Ans = बाबुराम भट्टराई
26. सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ? Ans = ढाका‚बंगलादेश
27. पाकिस्तानको व्यवस्थापिकालाई मजलिशे सुडा भनिन्छ भने अफगानिस्तानको व्यवस्थापिकालाई के भनिन्छ ? Ans = मेशरानो
28. सन् २०११ मा चीनको चेङ्दुमा भएको मिस इन्टरनेशनलको उपाधी कसले हात पारेको छ ? Ans = मारिया फेर्नाण्डा कार्नेजो
29. अमेरिकाले सन् २००४ देखि ने.क.पा. माओवादीलाई आतंककारीको सूचीमा राख्दै आएकोमा कहिलेदेखि सो सूचीबाट हटाएको छ ? Ans = September/6/2012
30. नेपालको धार्मिक र ऐतिहासिक पर्वहरुमा सबभन्दा लामो समयसम्म मनाइने पर्व कुन हो ? Ans = रातो मच्छिन्द्रनाथको जात्रा
नायब सुब्बा लक्षित विशेष समसामयीक जानकारी – बाह्रौ सेट
1.नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो? Ans=वि.सं.2008 माघ 21 गते
2.राष्ट्रिय अभियानको रुपमा नेपाल पर्यटन वर्ष भनेर कुन वर्षलाई मनाइयो? -सन् 2011
3.विश्वको सबैभन्दा होची महिला को हुन ? =ज्योती अम्गे
4.प्रत्येक वर्ष लोकसेवा आयोगले आफूले गरेको कामको वार्षिक प्रतिवेदन को समक्ष पेश गर्नुपर्ने व्यवस्था छ? -राष्ट्रपति समक्ष
5. जलावायु परिवर्तनसम्बन्धी ग्रेजुएट सम्मेलन कहिले सम्पन्न भयो? =वि.सं. 2067 कार्तिक29-मंसिर 3 सम्म
6.नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कोद्वारा गरिएको हो?=अम्बर गुरुङ
7. वालन नाचगान कुन समुदायसँग सम्बन्धित छ? =ब्राहमण-क्षेत्री दुबै
8.रुपसे झरना कुन जिल्लामा पर्दछ ?–म्याग्दी
9.हालसम्म नेपालको कुन जिल्लालाई कमलरी मुक्त जिल्ला घोषणा गरिएको छ? =दाङ
10. My land and my people नामक पुस्तक कसले लेखेका हुन? =दलाई लामा
11. स्वयम्भुका दुई आँखालाई केको प्रतीक मानिन्छ? =करुणा र ज्ञान
12. अन्तरिक्ष प्रवेश गर्ने विश्वको पहिलो महिला कुन देशकी हुन्? =रुस
13. भित्री मधेशमा पर्ने जिल्लाहरुकति छन्? =7
14. सार्कमा जलपरिवेष्ठित राष्ट्र कति छन? =2(SRILANKA N MALDIVS)
15. युद्दको विनाश भएजस्तै शान्तिको के हुन्छ? =प्रगति
16. सार्कको खर्च व्यहोर्ने प्रमुख राष्ट्र कुनकुन हुन्? = भारत, पाकिस्तान
17. चालु त्रिवर्षीय योजनामा मातृ मृत्युदर कति मा झार्ने लक्ष्य राखिएको छ ? = 192 प्रति लाख
18. लिच्छविकालमा मन्त्रीसरहको पदला के भनिन्थ्यो? =अमात्य
19.संविधानको कुन धारामा लोकसेवा आयोग सम्बन्धी व्यवस्था गरिएको छ ? = धारा 125
20. सार्क क्षेत्रको सबैभन्दा ठूलो हाईस्कुल कुन हो? = साउथ प्वाइन्ट हाईस्कुल
21. सन् 2014 को विश्वकप फुटबल प्रतियोगिता कहाँ हुने भएको छ? = ब्राजिल
22. नेपालमा नागरिक बडापत्रको प्रयोग कहिलेदेखि सुरु भएको हो? =वि.सं.2056
23. एसिया र अफ्रिका महादेशलाई छुट्याउने नहर कुन हो? = स्वेज नहर
24. नेपाली साहित्यमा आशुकवि भनेर कुन कविलाई चिनिन्छ? = शम्भु प्रसाद ढुङ्गेल
25. एसियाको सबैभनदा लामो नदी कुन हो? = यान्जे(चीन)
26. दुर्लभ वन्यजन्तु ‘हाब्रे’ नेपालको कुन राष्ट्रिय निकुञ्जमा पाइन्छ? = लामटाङ राष्ट्रिय निकुञ्ज
27. मुगुको गमगढी कहिले सडकसञ्चालनमा आवद्ध भयो? = वि.सं.2069/9/1
28. मनकामना केवलकारको सञ्चालन कहिले देखि भएको हो? = वि.सं.2055 मंसिर 8
29. आन्ध्र कहासागरको सबैभन्दा गरिरो भाग कुन हो ? = मेक्सिको खाडी
30. संयुक्त राष्ट्र संघको प्रमुख प्रशाषनिक अंग कुन हो ? = सचिवालय
नायब सुब्बा लक्षित जानकारी – तेह्रौँ सेट
1. एशियाली फुटबल महासंघ (एएफसी) को उपाध्यक्ष पदमा इरानी उपराष्ट्रपतिलाई हराउँदैविजयी भएका अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा कहिले निर्वाचित भएका हुन् ? Ans = २०६७।९।२२
2. इकोलोजी शब्दको पहिलो पटक प्रयोग गर्ने व्यक्ति को हुन् ? Ans = अर्नेस्ट ह्याकल
3. बाइसी राज्यको केन्द्र कुन ठाउँ थियो ? Ans = जुम्ला
4. साहित्यकार देवीप्रसाद पौडेल (उपनाम केवलपुरे किसान ) को मृत्यु कहिले भयो ? Ans = २०६८।६।२२
5. टाउकोको उपचार गर्नका लागि गरिने एक्सरेलाई के भनिन्छ ? Ans = सिटिस्क्यान
6. नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा कहिले भयो ? Ans = २०६३।२।२१
7. त्रिवर्षीय योजनामा गरिबीको रेखामुनी रहेको जनसं
२१ मा झार्ने लक्ष्य लिइएको छ भने आ.व.२०६६।६७ सम्मको स्थिति कति रहेको छ? Ans = २५.४
8. बाउन्न पोखरी त्रिपन्न तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ? Ans = रुकुम
9. वातावरण क्षेत्रको नोबेल पुरस्कार भन्नाले कुन पुरस्कारलाई चिनिन्छ ? Ans = गोल्डमेन पुरस्कार
10. सिंहलिला पर्वत कुन जिल्लामा पर्छ ? Ans = ताप्लेजुङ
11. नेपालको प्रख्यात लामेताल नेपालको कुन जिल्लामा रहेको छ ? Ans = चितवन
12. गौरीशंकर हिमाल (७१३४ मि.) कुन हिमश्रृंखलामा पर्छ ? Ans = रोल्वालिङ
13. राष्ट्रिय योजना आयोगका प्रथम योजना प्रमुख को हुन् ? Ans = गुञ्जमान सिंह
14. महाभारत श्रेणीको सबैभन्दा अग्लो भुभाग कुन हो ? Ans = गार्वा
15. नेपालको हालको जलस्रोतबाट कति हेक्टर भूमिमा सिँचाइ सुविधा पुग्नसक्ने अनुमान गरिएको छ ? Ans = ६५ लाख
16. सीता र रामचन्द्रबीच कुन विवाह भएको थियो ? Ans = पराक्रम विवाह
17. बुद्धलाई विष्णुको कतिऔं अवतार मानिन्छ ? Ans = नवौं
18. घटस्थापना कुन तिथिमा पर्छ ? Ans = आश्विन शुक्ल प्रतिपदा
19. नेपालमा पञ्चवर्षिय योजना कहिलेदेखि शुरु भयो ? Ans = २०१३।६।१
20. विश्वमा २ वटा दोहोरो भू–परिवेष्ठित मुलुकमध्ये एक लिचेस्टाइन हो भने अर्को कुन हो ? Ans = उज्वेकिस्तान
21. सुप्रिम मास्टर गड एञ्जेलले २७ घण्टा सगरमाथाको चुचुरोमा तपस्या कहिलेगरे ? Ans = २०६८।२।७
22. नेपाल रामसार महासन्धीमा कहिलेदेखि सहभागी भएको हो ? Ans = १९८८
23.IBRD को स्थापना कहिले भएको हो ? Ans = १९४५
24. चालु त्रिवर्षिय योजना अवधिमा कति मेगावाटसम्मको जलविद्युत आयोजनाको लागि अनुमति लिनु पर्दैन ? Ans = ३
25. नेपालमा व्यक्तिगत घटना दर्ता गराउने चलन कहिलेबाट भयो ? Ans = २०३४।१।१
26. नेपालमा प्रजातन्त्रलाई लत्याएर पञ्चायति शासन व्यवस्था कहिले लागू गरिएको थियो ? Ans = बि.सं. २०१७।९।१
27. नेपालमा पाइने फलाम खानीहरुमध्ये कुन ठाउँको उच्च गुणस्तरको र सबैभन्दा ठूलो खानी मानिएको छ ? Ans = फूलचोकी डाँडा
28. नेपालमा सर्वप्रथम वृक्षारोपण कार्यक्रम कहिले गरिएको हो ? Ans = बि.सं. २००२
29. विष्णुतिर्थ भनी चिनिने रानी पोखरीलाई शुरुमा के भनी चिनिन्थ्यो ? Ans = न्हुँ पुखुं
30. वेगनास तालको गहिराई ७.५ मिटर छ भने फोक्सुण्डो तालको गहिराई कति रहेको छ ? Ans = १४५ मिटर
तेस्रो पत्र जनसंख्या अध्ययनको नायब सुब्बा लक्षित जानकारी – चौधौँ सेट
1. जनसांख्यिक सक्रमणको सिद्दान्तको सिद्दान्त सर्बप्रथम कहिले प्रतिपादन गरियो? Ans-1909A.D
2. सार्क राष्ट्रले बिश्वको करिब कति प्रतिशत जनसंख्या ओगटेको छ? ans-23
3. 2068 को जनगणनामा कति वटा मातृभाषा सुचि भएका छन्? Ans-123
4. चालु त्रिबर्षीय योजनाले बाल मृत्युदर लाइ कतिमा झार्ने लक्ष्य राखेको छ? Ans-47
5. राष्ट्रिय जनगणना 2068 अनुसार कति प्रतिशत नेपालीहरुले खाना पकाउनको लागि एल्.पी ग्याँस प्रयोग गरेका छन्? Ans-21.03
6. बिश्व जनसंख्या दिबश कहिले मनाइन्छ? Ans-july 11
7. हाल नेपालमा कुसुन्डा जातिको कुल जनसंख्या कति रहेको छ? Ans-273
8. 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो? Ans 6.73
9. U.N.O को पहलमा कहिले “जनसंख्या बर्ष” मनाईएको थियो? Ans-1974 A.D
10. नेपालमा 1968 मा प्रथम पटक जनगणना लिदा नेपालको कुल जनसंख्या कति थियो? Ans-5638749
11.जनसंख्याको आधारमा सबैभन्दा ठूलो राष्ट् कुन हो? Ans-चीन
12. बिश्वको जनसंख्या कहिले सात अर्ब पुगेको थियो? Ans-2011 october 31
13. राष्ट्रिय जनगणना 2068 अनुसार सबैभन्दा कम जनसंख्या रहेको जिल्ला कुन हो? ans- मनाङ
14. हाल नेपालको ग्रामिण जनघनत्व प्रति बर्ग कि.मी कति रहेको छ? Ans-153
15. जनसाङख्यिक संक्रमण(Demographic Transition) सिद्दान्तको प्रतिपादन कसले गरेका थिए? Ans-Londry
16. पछिल्लो जनगणना अनुसार हाल नेपालमा मगर जातिको जनसंख्या प्रतिशत कति छ ? Ans-7.1
17. “An essay on the principle of population” नामक पुस्तकको लेखक को हुन्? उत्तर= माल्थस
18. Who is known as “FATHER OF POPULATION STUDIES”? Ans=John Graunt
19. हाल नेपालको बार्षिक जनसंख्या बृद्दृ दर कति हो? Ans-1.35%
20. Malthus को जनसंख्या सिद्दान्त अनुसार जनसंख्या दोब्बर हुन लाग्ने समय कति हो? Ans=25years
21. जनसंख्या पिरामिड लाई कति प्रकारमा बिभाजन गर्न सकिन्छ? Ans=3
22. जनसंख्या परिवर्तनमा देहायको मध्य कुन तत्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ? Ans-माथिका सबै (जन्म,मृत्यु,बसाईसराई)
23. नेपालको राष्ट्रिय जनगणना 2068 अनुसार नेपालको जनघनत्व प्रति बर्ग कि.मि कति रहेको छ? उत्तर=180
24. नेपालमा जनगणना कति कति बर्षमा गरिन्छ ? उत्तर = 10/10 बर्ष
25. नेपालको जनगणना 2068 को नारा के थियो ? उत्तर = कोहि नछुटौँ कोहि नदोहोरीऊँ
नायब सुब्बा लक्षित जानकारी – पन्धौँ सेट
1. नेपालको अन्तरिम संविधान 2063 को भाग 5 मा के सम्बन्धि व्यवस्था उल्लेख छ ? Ans = कार्यपालिका
2. PEN लाई कोड भाषामा 0DM लेखिन्छ भने BOOK लाई के लेख्नुपर्ला ? Ans = ANNJ
3. लिच्छवीकालमा विषय भन्नाले के बुझिन्थ्यो ? Ans = जिल्ला
4. तेक्वान्दो खेल्दा खेलाडीले लगाउने लुगालाई के भनिन्छ? Ans = डोबोक
5. विश्वको सबैभन्दा छिटो दौडने सर्प कुन हो? Ans = mamba
6. 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो? Ans = 6.73
7.अनुक्रम पुरा गर्नुहोस् ! 2,14,98,686,?? Ans = 4802
8. फूल को कोपिला भए झैं तुलसी को के हुन्छ? Ans = मञ्जरी
9. 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो? Ans = 6.73%
10. विश्वको सबैभन्दा छिटो दौडने सर्प कुन हो? Ans = mamba
11.नेपालको दोस्रो जनगणनामा जनसंख्या ब्र कती थियो? उत्तर = – 0.12%
12. मित्रको मन्डली भए वैरागिको के ? उत्तर = अखडा
13. नेपालको अन्तरिम संविधान २०६३ को भाग १४ म के सम्बन्धी ब्यबस्था उल्लेख गरिएको छ ? उत्तर = निर्वाचन आयोग
14. धरौटी खाताको म. ले. प. फा. न. कती हो ? उत्तर = म ले प फा न ११०
15. नेपालमा हाल कती वटा सिमसारक्षेत्र रहेका छन ? उत्तर = ९ वटा
16. कुनै दुई ठाउँबिचको दुरी पत्ता लगाउन कुन रेखाको प्रयोग गरिन्छ? उत्तर = अक्षांश
17. नेपालको उत्तरगंगा भनेर कुन नदिलाई चिनिन्छ? उत्तर = सानो भेरी
18 .divine comedy नामक पुस्तकका लेखक को हुन? उत्तर = दाँते
19. अल्मोडा युध्दको नेतृत्व कस्ले गरेका थिए? उत्तर = अमरसिङ्ह थापा र रणजोर सिंह थापा
20. दोस्रो सार्क सिखर सम्मेलनमा नेपालबाट कस्ले भाग लिएका थिए ? उत्तर = श्री ५ बिरेन्द्र
21. रातो रङको काँच बनाउन कुन धातुको प्रयोग गरिन्छ? उत्तर = कपर अक्साइड
22. हैजा रोग कुन किटाणु बाट सर्दछ ? उत्तर = vibrio cholera
23. त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ? उत्तर = भारत
24. कुन ग्रह पानीमाथी तैरिन सक्छ ? उत्तर = शनी
25. रुमाल प्रचलनमा ल्याउने देश कुन हो ? उत्तर = इटाली
26.पृथ्वीको परिक्रमा गर्ने पहिलो जहाज भिक्टोरिया हो।
27. नेपालमा शिकार खेल्न प्रतिबन्ध लगाएका जिल्लाहरु 19 वटा छन्।
28. पुलिस र जेल नभएको देश आइसल्यान्ड हो।
29. नेपाल WTO को 148 औँ सदस्य राष्ट्र हो।
30. विश्वकै सर्वाधिक उचाईमा रहेको रेलसेवा 5062 मिटरको उचाइमा रहेको किन्घाई तिब्बत रेल मार्ग हो।
नायब सुब्बा लक्षित विशेष सामग्री = सोह्रौँ सेट
1. पानीको विशिष्ट ताप धारण क्षमता कति हुन्छ ? उत्तर = 4200 J/kg ॰C
2. EPR Paradox नामक सिद्धान्त कसले पत्ता लगाएका हुन् ? उत्तर = अल्वर्ट आइन्सटाईन
3. नेपाल अधिराज्यको संविधान 2015मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ? उत्तर = 10 भाग 77 धारा 3 अनुसूची
4. नेपालमा कफि खेतिको सुरुवात कति सालमा भएको थियो ? उत्तर = वि स 2011 सालमा
5. सिट्टा सिँचाई आयोजना कुन जिल्लामा सञ्चालीत छ ? उत्तर = बाँके
6.कति सालको जनगणना देखि पहाडमा भन् थालेको हो ? उत्तर = 2048 साल
7. प्रथम दक्षिण एसियाली खेलमा नेपालले कतिवटा स्वर्ण जितेको थियो ? उत्तर = 4 वटा
8. राष्ट्रिय जनगणना 2068 अनुसार कति प्रतिशत नेपालीहरुले खाना पकाउन एल.पी ग्याँस प्रयोग गरेका छन्? उत्तर = 21.03%
9. वि सं 2068 मा लिइएको जनगणना कतिऔँ हो ? Ans = एघारौ
10. 2013 को आइसिसि डिभिजन 3 को खेल कुन देशमा हुँदै छ ? उत्तर = बर्मुडा
11. द्वित्तिय विश्वयुद्धको अन्त्य कहिले भयो ? Ans = सन्1945
12. नेपाल पिक कुन जिल्लामा पर्छ ? Ans = ताप्लेजुङ
13. नेपालमा सबैभन्दा बढी सुपारी फल्ने जिल्ला कुन हो ? Ans = झापा
14. खालि ठाउँ भर्नुहोस् (a+b)² = a²+______+b² Ans = 2ab
15. लाभा सतहमा आउने मार्गलाई के भनिन्छ? Ans = नली (neck)
16. 3rd paper Chemistry Permanent hardness of water can be removed by adding Ans = Washing soda
17. 3rd paper:- Physics Light year is a unit of Ans = Distance
18. π(Pai) को मान कती हुन्छ ? Ans = 22/7
19. नेपाल ले सर्वप्रथम कुन देशमा राजदुतावास खोलेको थियो? Ans = बेलायत
20. Third paper-population studies बिश्व जनसंख्या दिबश कहिले मनाइन्छ? Ans = july 11
21. विवाहमा सिन्दुर साटासाट गर्ने चलन कुन जातिमा छ ? Ans = झाँगड
22. विश्वको पहिलो सञ्चार उपग्रहको नाम के हो ? Ans = Early Bird
23. कहिल्यै पात नझर्ने वनस्ती कुन हो? Ans = खजुर
24. 1000 को 10 प्रतिशतको 10 प्रतिशतको 10 प्रतिशत कति हुन्छ ? Ans = 1
25. ‘खोल्साको सुन’ उपनामले चिनिने नगदेबाली कुन हो ? Ans = अलैँची
26. अखिल नेपाल फुटबल सङ्घ एन्फामा कति जिल्ला सदस्य छन् ? Ans = 45 jilla
27. 2069 सालको राष्ट्रिय कलाश्री पुरस्कार कसलाई प्रदानगरियो ? Ans = राजेन्द्र विमल
28. Hydro Award प्राप्त गर्ने नेपाली को हुन् ? Ans = गोकर्ण विष्ट
29. हाल नेपालमा कुसुन्डा जातिको कुल जनसंख्या कति रहेको छ? Ans = 273
अन्तरिक्ष सम्बन्धि नायब शुब्बा लक्षित जानकारी – सत्रौँ सेट
1. अमेरिकाले प्रक्षेपण गरेको पहिलो जासुसी विमान कोरोना हो ।
2. भारतको पहिलो अन्तरिज्ञयान आर्यभट्ट रुसको बोअर्स लेक बाट प्रक्षेपण गरिएको थियो ।
3. बेलायतका प्रथम अन्तरिक्ष यात्री एरियल हुन् ।
4. सन 1962 मा अमेरिकाले अन्तरिक्षमा पठाएको चिम्पान्जीको नाम एनो थियो ।
5. सन्1975 जुलाइ 17 मा अमेरीकी एपोलो र रुसी सोयुज नामक अन्तरिक्ष यान अन्तरिक्षमै मिलन भइ यात्रीहरुले शुभकामनाका साथै राष्ट्रिय झण्डाहरु आदानप्रदान गरेका थिए ।
6. चन्द्रमामा पुग्ने पहिलो अन्तरिक्ष यान लुना 2 हो । (सन्1959)
7. अन्तरिक्षमा पुग्ने पहिलो पत्रकार तोयोहिरो आकिया ,जापानका नागरिक हुन ।
8. भोस्तोक 1 नामक यानबाट प्रथम अन्तरिक्ष यात्री युरी गागरिन सन् 1961 अप्रिल 12 मा अन्तरिक्षमा पुगेका थिए ।
9. युरी गागरिन रुसका नागरिक थिए ।
10. अन्तरिक्ष प्रवेश गर्ने राष्ट्रहरु क्रमश रुस,अमेरिका,फ्रान्स ,जापान , चिन र भारत हुन् ।
11. रुसका अलेक्सी लियोनेभ अन्तरिक्षमा हिड्ने प्रथम व्यक्ति हुन् ।
12. एपोलो -11 नामक यान बाट अन्तरिक्षमा गएर पनि चन्द्र धरातलमा नओर्लिएका व्यक्ति माइकल कोलिन्स हुन्
13. नोभेम्बर 26 , 2011 मा अमेरिकाले मंगल ग्रहमा पठाएको रोभर क्युरियोसिटि अगस्त 6, 2012 मा मंगल ग्रहमा अवतरण गरेको थियो ।
14. सूर्यबाट चौथो नजिकको ग्रह मंगल सौर्यमण्डलको सातौ ठूलो ग्रह हो ।
15. मंगल ग्रहमा प्रक्षेपण गरिएको पहिलो यान भाइकिङ 1 हो ।
BLOGGER:
RAJA .........................
लोकसेवा आयोगद्वारा लिईने सरकारी स्वामित्वका बैंकरुको परीक्षा तयारी गर्नेहरुका लागि अत्यन्तै उपयोगी ब्लगमा तपाईहरुलाई हार्दिक स्वागत गर्दछु ।
Search This Blog
Monday, September 17, 2018
नेपाल राष्ट्र बैंक ।।
सहायक निर्देशक (अधिकृतस्तर तृतीय श्रेणी)
Second Paper (ECONOMICS)
(Full Marks=100)
Third Paper (MANAGEMENT)
(Full Marks=100)
Fourth Paper (RESEARCH METHODOLOGY/IT/COMMUNICATION TECHNOLOGY)
(Full Marks=100)
FIRST PAPER 100 MARKS QUESTIONS::
01
02
03
04
05
06
07
08
THANKS FOR VISITING US !!
BLOGGER::
RAJESH CHEMJONG
FOR MORE:
ENJOY MY UPDATES .........
Sunday, September 16, 2018
Saturday, September 15, 2018
20 Loksewa Tayari Tips
20 Tips / Things to remember while in the exam hall of Lok Sewa Aayog
- The students who are preparing for this exam must be very much hardworking and patient at the same time. The students need to have dedication towards the study and always read their course in a pattern that they shall find easy to understand.
- The students need to actually know and acknowledge their weakness in any subject and they need to themselves pin point their mistakes, faults and weakness. By doing so, you need to look at what you are weak in and put your hard work into it accordingly. You need to put extra effort into your weaknesses.
- You need to have adequate knowledge of each and every subject equally. There is no chance of passing this exam if you have good knowledge in one subject and you have no good knowledge of the other subject. Learn all the subject and every topic in such manner that you shall be confident to pass.
- The general knowledge is a must part to memorize by heart if you want to pass the lok sewa examination.
- The answers must be given in point wise manner for students who are preparing for the “kharidar and subba”. The students need to make sure that the answers they are giving are according to their knowledge and what they have learned.
- The students need to have a great IQ because the IQ level of individuals will show their level of intelligence. Thus, this aspect is also quite very necessary.
- The students need to clearly understand what they have learned. The students need to have a clear picture in their minds on the subjects that they have learned otherwise whatever they have learned and the time they have spent on that matter will go to waste. If the students are finding it difficult, then it clearly means that there is much hard work required for that matter.
- The simple and easy calculations of add, subtract, divide and multiply must be known to all. Simple calculations must be easy to all the students.
- Reading only is not enough to prepare for your exams. Read and write at the same time if you want to score better marks for your lok sewa examination. Read and write every single day and only then your hard work shall be fruitful.
- The words you use in your exam paper is very much important. Use correct words for the related subject. Always follow a pattern that is easy to understand and write too. This is very much useful to read as well as memorize.
- The students have to first understand the question and understand what the question requires. Then the students must proceed to answer in a suitable manner. The answer must have to mean and should carry and fulfill what the question is asking for.
- The lok sewa exam is quite like a beauty pageant. You need to present your answers in such a way that the paper checker is mesmerized by you and will be tempted to give you some extra points. Make your answers as if you want to really impress the paper checker. The students also make sure of the fact that their handwriting, use of grammar is also very much impressive. If the students have their answers written in the best handwriting in their paper, then the paper checker will definitely be compelled to give some extra points for your good handwriting. The students also have to make sure that they do not make their papers dirty by cutting out words often. Write carefully in clean handwriting. This is one of the smallest secrets for good scores in the lok sewa examination or basically any type of examination.
- If you have always been a good student, then one month may be enough for you to pass the lok sewa exam, but if you have always been weak in studies, make sure you give yourself a few months to prepare for the lok sewa exam. Read every day for a few hours and you shall definitely pass the exams. The students will find it fruitful to make notes of what they study. If they study and do not make notes of what they studied, then they might not memorize the parts that they studied. So it is very much important that they make notes of whatever lessons they have learned. They can either make rough notes in papers or have them typed in their computer for future use. The students just have to make sure that the things that they have made note of are kept in a much-compiled manner so that they will have easy access to in the future. In the future, if they want to revise certain chapters, they can just to these notes that they had made earlier. This will make their learning capacity stronger and very much quicker.
- The students must never take stress because of exams. If you believe you worked very hard and that you needed to pass, then all you can do to pass is change your way of writing. Take some advice and practice writing in a different manner. This is definitely fruitful. This is important because taking stress is very much harmful to both the minds and the bodies of students. The minds of students will never be able to grasp knowledge with ease if they constantly keep on taking stress and feeling anxiety at all times. The students can also adopt a good habit of taking meditation classes or just relaxing their minds through meditation in their homes for ten to twenty minutes daily. This will make the minds of students fresh and ready to grasp new knowledge.
- Always make yourself updated with the news. Always know the ongoings around you in your country and also worldwide. Reading newspapers is a very good habit. Always read the newspapers daily and keep yourself updated with various information.
- The students can also keep themselves updated with the news on television. Visual information can also be a very powerful impact on your memorizing capacity.
- The answers of the students must not reflect their weakness. The students must show their confidence in each and every answer in their paper. The students must always focus on being very knowledgeable with a little bit of creativity in their answers. This will be very much fruitful for their lok sewa exam. A great tip is that the students have to be able to first extract the answer required by the question and then elaborate what is required. First find out what is needed, then emphasize on that topic as much as possible. The students also have to have a good play of words in their answers for better scores.
- There is never a definite way to success in case of lok sewa exam. All the students will require a good level of IQ; that is for sure. All students need to work very hard because that is the only way one can achieve success in every aspect of their lives.
- Reading only books will never be enough for students to pass the lok sewa exam. You need to have good knowledge of everything around you. Creativity is very much important in this aspect. You need to get creative with your intelligence. But if reading is the strongest points that the student possesses, then the student can explore reading various novels, journals and various contents of several topics from where they can get inspired from. Reading may not be enough but grasping new knowledge and experiences through the power of reading is what that counts the most. So the students are required to grasp as much knowledge from various sources; it can be novels, journals, newspapers and many more.
- The students who want to pass the lok sewa exam need to deliberately showcase their dedication and must definitely be very much patient in order to succeed. The lok sewa examination definitely requires a lot of patience so the students are required to be very much patient to be able to succeed with good scores. Patience is a virtue and the students must learn the value of this virtue early if they want success in their lives.
Blogger:
Rajesh Chemjong 💚
Panchthar, Nepal 💚
Subscribe to:
Comments (Atom)














