Important for NRB❤️
Q.NFRS को परिचय दिदै यसका फाइदाहरु उल्लेख गर्नुहोस् र NFRS कार्यान्वयनमा भएका प्रमुख समस्याहरु उल्लेख गर्नुहोस्।(2+4+4)
उत्तर:-
1.नेपाल वित्तीय प्रतिवेदन लेखामान(Nepal Financial Reporting Standard-NFRS):-
>लेखा प्रतिवेदन विशेष गरि वित्तीय विवरण र सो सम्बन्धि विषयका आदर्श,मूल्य,मान्यता,सिद्धान्त,विधी,तरिका,प्रक्रिया तथा सोको मार्गदर्शनलाई नै वित्तीय प्रतिवेदन लेखामान भनिन्छ।
>नेपालमा पनि अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन लेखामान(IFRS) अनुरुप मुलुकको आवश्यकता र परिस्थिति अनुकुल हुने गरि राष्ट्रिय वित्तीय प्रतिवेदन लेखामान तयार गरि कार्यान्वयनमा ल्याइएको छ।उक्त लेखामानलाई नेपाल वित्तीय प्रतिवेदन लेखामान(NFRS) भनिन्छ।यस सम्बन्धि सामग्री प्रकाशन र व्याख्या गर्ने व्यवस्था नेपाल स्ट्यान्डर्ड चार्टर्ड एकाउन्टेन्टस ऐन,2053 मा गरिएको छ।
2.NFRS का फाइदाहरु देहायबमोजिम छन्:-
>सम्पत्ति र दायित्वको उचित प्रस्तुति
>विश्वव्यापी बजारहरुमा राम्रो पहुँच र पूँजीको लागतमा कमि
>Cross Border Operation का लागि बढ्दो प्रोत्साहन
>सुधारिएको गुणस्तर र जानकारीको एकरुपता
>धेरै रिपोर्टिङबाट बच्न र वित्तीय कार्यको लागत घटाउन
>NFRS को balance sheet आर्थिक मुल्यको नजिक हुन मद्दत
>वित्त र लेखा को प्रमुख क्षेत्रहरू मा मानव पुजिको लागतमा कम गर्न
>balance sheet को आकार बढ्ने
>विश्वभरका बैंक तथा वित्तीय संस्थाहरु संग तुलनात्मक वित्तीय विवरणहरु प्राप्त गर्न आदि।
3.NFRS कार्यान्वयनमा भएका प्रमुख समस्याहरू देहायबमोजिम छन्:-
>मापदण्डका प्रावधानहरुमा नयाँ अवधारणा र जटिलता सम्बन्धि समस्या
>बैंकहरु र NRB को तयारीको स्तरमा समस्या(न्यून स्तर)
>प्राविधिक रुपमा सक्षम जनशक्तिको उपलब्धता नहुनु
>सूचना प्रविधि प्रणाली आवश्यक पुर्वाधार नहुनु
>वित्तीय विवरण बुझ्ने सरोकारवाला/प्रयोगकर्ताको कमि
>NFRS आवस्यकता संग कोर बैंकिङ प्रणालीको अनुकुलताको कमि
>NFRS कार्यान्वयन पछि वित्तीय विवरणमा मुल्यांकन नहुनु
>तालिम,ज्ञान हस्तान्तरण को कमि आदि।
4.निष्कर्ष:-
NFRS को प्रभावकारिता पुर्णरुपमा कार्यान्वयनमा आएको देखिदैन।यसका लागि NFRS का आधारभुत सिद्धान्तहरु प्रयोगमा ल्याई तुलनायोग्य,बुझ्न सकिने,भरपर्दो र सान्दर्भिक हिसाब किताबहरु राख्न लेखापालहरु सक्रिय हुनु पर्दछ। यसका लागि उचित तालिम र आवश्यक पुर्वाधारहरुको उपलब्धता आवश्यक देखिन्छ।
No comments:
Post a Comment